Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरीले मिर्चैयाबाट प्रतिबन्धित खैरो हिरोइनसहित एक जनालाई पक्राउ

काठमाडौं: मिर्चैया प्रहरीले कडा खालको मानिने प्रतिबन्धित लागुऔषध खैरो हिरोइनसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका– ६ एकता टोलका करिब ३४ वर्षीय शत्रुधन ठाकुर रहेको प्रहरीले जनाएको छ ।

गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले आफ्नै घरअगाडि बसिरहेको अवस्थामा बिहीबार ठाकुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिए ।

उनका अनुसार ठाकुरको साथबाट खैरो हिरोइनजस्तो देखिने गिलो अवस्थामा रहेको १५ ग्राम लागुऔषध फेला परेको छ । प्रतिबन्धित लागुऔषधसहित पक्राउ गरिएका ठाकुरलाई मिर्चैया प्रहरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि प्रहरीले गत २८ माघमा मिर्चैया– २ मल्हनियाबाट ४.४३ ग्राम खैरो हिरोइन, चार हजार नौ सय रुपैयाँ नगद, एक थान एन्ड्रोइड मोबाइल र एक थान डिजिटल तराजुसहित करिब १९ वर्षीय विष्णुकुमार साहलाई पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै