एसपी कुमोद ढुंगेलले जिल्ला प्रहरी कार्यालय पर्सा, बिरगंजको जिम्मेवारी सम्हाले -
Comments Add Comment

एसपी कुमोद ढुंगेलले जिल्ला प्रहरी कार्यालय पर्सा, बिरगंजको जिम्मेवारी सम्हाले

काठमाडौं: प्रहरी प्रधान कार्यालय मानवश्रोत एवम प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको पत्रले जिल्ला प्रहरी कार्यालय पर्साको कार्यालय प्रमुखको रूपमा सरूवा भएका प्रहरी उपरीक्षक कुमोद ढुंगेलले आज जिल्ला कार्यालय पर्साको जिम्मेवारी सम्हालेका छन् ।

पर्सा प्रहरी कार्यालय प्रमुखको रुपमा सरुवा भएका एसपी ढुंगेलले पदभार ग्रहण पश्चात उपस्थित प्रहरी कर्मचारीहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन समेत दिएका छन्

पर्सा जिल्ला सुरक्षाको दृष्टिकोणबाट संवदेनशिल मानिन्छ । कमाण्ड सम्हाल्दै एसपीले पर्सा जिल्लालाई सुरक्षाको दृष्टिकोण नमूना बनाउन उत्कृष्ट काम गर्न र जिल्लामा शान्ति सुरक्षा कायम राख्न सबै क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘म वस्तुनिष्ट र विभेरहिद न्याय दिन तल्लीन हुनेछु,’ उनले भने, ‘पर्सामा शान्ति सुरक्षा कायम गर्ने सवालमा आफुले कुनै पनि कसुर बाँकी नराख्ने छैन् । म राजनीतिको दवाव र प्रभावमा होइन्, जनताले अनभुति गर्ने गरी सबैको लागि काम गर्नेछु ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै