महिलाको चरित्र हत्या गरेको आरोपमा नुवाकोटका किरणलाई साइबर ब्यूरोले पक्राउ -
Comments Add Comment

महिलाको चरित्र हत्या गरेको आरोपमा नुवाकोटका किरणलाई साइबर ब्यूरोले पक्राउ

काठमाडौँ । महिलाको चरित्र हत्या गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका-४ घर भई हाल जिल्ला काठमाडौँ टोखा नगरपालिका वडा नं. ११ बानियाटार बस्ने २७ वर्षीय किरण थापा रहेका छन् ।

साइबर ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक दीपक राज अवस्थी सामाजिक सञ्जाल फेसबुकमा साथी बन्ने क्रममा पीडित महिला र थापाबिच म्यासेन्जर मार्फत गोप्य फोटो तथा भिडियो सामाग्री एक आपसमा साटासाट भएको थियो । सम्बन्ध बिग्रिए पछि थापाले ती फोटो तथा भिडियोलाई पीडितका आफन्त तथा परिवारजनमा पठाई सामाजिक तथा व्यक्तिगत जीवनमा गम्भीर असर हुने कार्य गरी चरित्र हत्या समेत गरेको अवस्थीको भनाई छ ।

कानुन बमोजिम कारबाहीका लागि पीडित महिलाले यस ब्यूरोमा दिएको उजुरीमाथिको अनुसन्धान र प्राविधिक विश्लेषणबाट थापाले सो कार्य गरेको खुल्न आएको थियो । विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरी उक्त समयमा खोजतलास गर्दा फेला नपरी फरार रहेका थापालाई बुधबार काठमाडौं स्थित गोङ्गबुबाट पक्राउ गरिएको थियो । उनलाई अदालती कारबाहीको लागि सम्मानित काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै