Comments Add Comment

Advertisment

SKIP THIS

जबरजस्ती करणी गरेको अभियोगमा छुट्टाछुट्टै स्थानबाट प्रहरीले २ जनालाई पक्राउ

काठमाडौं । जबरजस्ती करणी गरेको अभियोगमा छुट्टाछुट्टै स्थानबाट २ जना पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार नवलपरासी पूर्वमा १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा विनयी त्रिवेणी गाउँपालिका-१ बस्ने ६२ वर्षीय सुक बहादुर विक पक्राउ परेका छन् ।

विकले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दुम्किवासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसैगरी मोरङमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेलबारी नगरपालिका-२ बस्ने २२ वर्षीय अबिशेक श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
श्रेष्ठले ती किशोरीलाई आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै