काठमाडौ । जिल्ला प्रहरी कार्यालय कास्की प्रहरी प्रमुखको रूपमा एसपी मोहन कुमार थापाले जिम्मेवारी सम्हाले सङै पुरै जिल्लाभर प्रहरीको कामकारबाहीमा परिवर्तन आयको छ ।
दुई पाङ्ग्रे सवारी साधनहरूको स्वरूप परिवर्तन तथा ध्वनि प्रदूषण गरी तीव्रगतिमा लापरवाही तबरबाट चलाउने उपर एसपी थापाको निर्देशनमा कास्की ट्राफिक प्रहरीले कारबाही थालेको हो ।
आज जिल्ला प्रहरी कार्यालय कास्की र ट्राफिक प्रहरी कार्यालय कास्कीबाट संयुक्त रूपमा खटिएका प्रहरी टोलीले पोखरा महानगरपालिका विभिन्न स्थानबाट ५९ वटा मोटरसाइकल नियन्त्रणमा लिएको हो ।
मोटरसाईकलको स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्दै हिँड्नेहरूलाई नियन्त्रणमा लिइएको एसपी मोहन थापाले बताए ।
सवारी नियम उल्लघंन गर्ने कार्यलाई नियन्त्रण गर्ने अभियानको रूपमा जिल्ला प्रहरी कार्यालय कास्की र मातहत प्रहरी ईकाईबाट खटिएको प्रहरीले आइतबार मात्र ५९ वटा मोटरसाइकल नियन्त्रणमा लिई कारबाही थालेको हो । यस्ता मोटरसाइकलले चर्को आवाज निकाल्ने र त्यसबाट सर्वसाधरण आजित हुँदै आएका थिए । कास्की प्रहरीको यो अभियानको सर्वसाधरणले प्रशंसा गरेका छन् ।