Comments Add Comment

Advertisment

SKIP THIS

चितवन प्रहरीद्वारा दुई किलो लागुऔषध अफिमसहित एक जनालाई पक्राउ

भरतपुर । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. १० चौविसकोठी पूर्व पश्‍चिम लोकमार्ग सडक खण्डमा सार्वजनिक सवारीबाट ओर्लिई शंकास्पद रुपमा पैदल हिंडिरहेको अवस्थामा प्रहरीले चेक जाँच गर्दालागुऔषध अफिम जस्तो पदार्थ सहित एकजना व्यक्ति पक्राउ गरेकाे छ ।

प्रहरीका अनुसार, जिल्ला कालिकोट पचालझरना गाँउपालिका वडा नं. ५ बस्ने बर्ष ४० को केशव बमलाई प्रहरीले चेकजाँच गर्दा निजले बोकेको झोलामा लुकाई छिपाई ल्याएको लागुऔषध अफिम जस्तो देखिने पदार्थ २ किलो ३० ग्राम र नगद रु. २,१६,५००।– फेला पारेको थियाे ।

केशव बमलाई उक्त लागुऔषध अफिम जस्तो देखिने पदार्थ र रकम सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै