Comments Add Comment

Advertisment

SKIP THIS

गठबन्धन बैठकमा माओवादीले गर्‍यो अर्थ र गृहमा दाबी

२२ फागुन , काठमाडौ । नेकपा (माओवादी केन्द्र) ले गृह र अर्थ मन्त्रालयमा दाबी गरेको छ। बालुवाटारमा मंगलबार अपराह्न बसेको गठबन्धन बैठकमा माओवादीले अर्थ र गृह आफ्नै पार्टीले पाउनुपर्ने दाबी गरेको हो।

‘हामीले अर्थ र गृहमा दाबी गरेका छौं,’ माओवादीका एक नेताले भने। माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गृहमा दाबी गरिरहेका छन्। गृहमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले पनि दाबी गरिरहेको छ। सभापति रवि लामिछाने गृहमन्त्री पाएमा आफैँ सरकारमा जाने तयारीमा छन्।

तर एमालेले भने अर्थ र गृह दुवै मन्त्रालयमा दाबी नगरेको स्रोतको भनाइ छ। सोमबार माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको सहकार्य तोड्दै एमाले, रास्वपा र जसपासहितको नयाँ समीकरण बनाएका थिए।

उक्त गठबन्धनबाट एक-एक जना मन्त्रीले सोमबार अपराह्न नै शपथ लिइसकेका छन्। तर मन्त्रालयमा भागबन्डा नमिल्दा बिनाविभागीय मन्त्री बनाइएको थियो भने सबै मन्त्रालय प्रधानमन्त्री दाहालकै जिम्मेवारीमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै