Comments Add Comment

Advertisment

SKIP THIS

बानेश्वर चोकसम्म ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ

६ फागुन, काठमाण्डौं । सरकारले काठमाडौँको माइतीघरदेखि बानेश्वर चोकसम्म ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको छ ।

बिभिनन् पार्टीहरुले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध माइतीघरदेखि बानेश्वरसम्म विरोध कार्यक्रम राखेपछि सरकारले ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको हो ।

शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा सरकारले एमसीसी अनुमोदनको लागि टेबल गर्ने सम्भावना बढेकोले विरोधका कार्यक्रमहरु राखिएका हुन् ।

बुधबार पनि सो क्षेत्रमा एमसीसीको विरोध गर्ने बिभिनन् पार्टीका कार्यकर्ता र सुरक्षाकर्मीबीच झडप भएको थियो ।

एमसीसी अनुमोदन गर्ने कुरामा सत्तारुढ दलबीच मतभेद रहेको छ । सक्तारुढ पाँच दलमध्ये नेपाली कांग्रेस अहिलेकै अवस्थामा अनुमोदन गर्ने पक्षमा छ अरु चार दलको अडान छुट्टाछुट्टै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment