घर बनाउने ऋण लिँदा यस्तो हुन्छ ब्याज र किस्ताको हिसाब -
Comments Add Comment

Advertisment

SKIP THIS

घर बनाउने ऋण लिँदा यस्तो हुन्छ ब्याज र किस्ताको हिसाब

२८ फागुन , काठमाडौ । केही समयअघिसम्म वाणिज्य बैंकहरूले औसत १३।२१ प्रतिशत ब्याजदरमा व्यक्तिगत घर कर्जा दिइरहेका थिए। गत पुसमा यस्तो ब्याजदर औसत ११।७४ प्रतिशत छ।

अहिले केही बैंकहरूले १० प्रतिशत ब्याजदरमै घर कर्जा दिने विज्ञापन सार्वजनिक गरिरहेका छन्। घर कर्जा लिनुअघि बैंकहरूले लिने ब्याजदरका बारेमा जानकारी हुनुपर्छ। सामान्यतया अहिले बैंकहरूले कर्जाको अवधिसम्म ब्याजदर परिवर्तन नहुने (फिक्स्ड) र परिर्वतन हुने (फ्लोट) दुई किसिमका कर्जा अभ्यासमा ल्याएका छन्।

ब्याजदर घटिरहेकाले धेरै ऋणीले ब्याजदर परिर्वतन हुने कर्जा रोज्ने र यसलाई प्राथमिकतामा राखेको देखिन्छ।

बैंकरहरू भने ब्याजदर परिवर्तन नहुने कर्जा लिन सुझाउँछन्। ब्याजदर परिवर्तन नहुने कर्जाको अवधि लामो हुन्छ। भोलिका दिनमा बैंकसँग लगानीयोग्य रकम कम भएर ब्याजदर बढाइहाले पनि यस्तो कर्जाको ब्याजदर फेरिँदैन। ऋणीलाई यस्तो ब्याजदर परिवर्तनबाट हुने जोखिमबाट लाभ पुग्छ। थप भार पर्दैन।

सबभन्दा मुख्य कुरा हुन् कर्जा लिन धितो राख्ने जग्गा र नियमित आम्दानीको स्रोत

घर कर्जा लिँदाको एउटा सहज के भने, जुन जमिनमा घर बनाउन लागिएको हो, त्यही जग्गा धितोका रूपमा राख्न सकिन्छ। बैंकले जग्गाको बजार मूल्य जति छ, त्यसको ६० देखि ७० प्रतिशत रकम कर्जा दिन्छ। पहिलो घर बनाउन लागेकाले ७० प्रतिशतसम्म रकम पाउने छन्।

उदाहरणका लागि, मानौं, बुढानीलकण्ठको माथिल्लो भेगको जग्गामा कुनै व्यक्तिले घर बनाउन खोजिरहेको छ। अहिले बुढानीलकण्ठको माथिल्लो भेगमा जग्गा २५ लाख रूपैयाँ आनाको दरमा चलिरहेको छ। घर बनाउने व्यक्तिसँग चार आना जग्गा छ। अब उसले जग्गाको भाउअनुसार ७० लाख रूपैयाँ बैंकबाट कर्जा पाउँछ।

माथिकै उदाहरणलाई आधार मान्ने हो भने, यदि ऋणीसँग धितो राख्न त्यहाँको सात आना जग्गा छ भने अब उसको जग्गाको कुल मूल्य एक करोड ७५ लाख रूपैयाँ हुन्छ। यस आधारमा उसले एक करोड साढे २२ लाख रूपैयाँसम्म कर्जा पाउन सक्छ।

तर कर्जा पाउने आधार यही मात्र होइन। घरकर्जा लिन नियमित आम्दानी पनि हुनुपर्छ। कुनै पनि व्यक्तिले आफ्नो आम्दानी कति छ भन्ने आधारमा ऋण पाउँछ। सामान्यतया मासिक कुल आम्दानीको ५० देखि ६० प्रतिशतले किस्ता चुक्ता गर्न पुग्ने गरी बैंकहरूले कर्जा दिन्छन्। पहिलो घर बनाउनेलाई आम्दानीको ६० प्रतिशत छ।

उदाहरणका लागि मानौं, माथि उल्लिखित चार आना जमिन भएको व्यक्तिको विभिन्न स्रोतबाट मासिक एक लाख रूपैयाँ आम्दानी हुन्छ। यस्तोमा कर्जाको मासिक किस्ता तय गर्दा ५० देखि ६० हजार रूपैयाँ हुन्छ।

अब मासिक ६० हजार रूपैयाँ किस्ता तिर्न सक्नेले कति ऋण पाउँछ तरु उसले पाउने कर्जा रकम ब्याजदरले फरक पर्न सक्छ।

अहिले चल्तीमा पाइएको १० प्रतिशत ब्याजदरलाई उदाहरण मान्दा, ३५ वर्षका लागि मासिक ६० हजार रूपैयाँ किस्ता तिर्ने गरी करिब ७० लाख रूपैयाँ ऋण पाउन सकिनेछ।

तर ७० लाख रकम नै कर्जा लिन ३५ वर्षभन्दा कम अवधि राख्न सक्ने अवस्था हुँदैन।

अहिले बैंकहरूले सात वर्षदेखि अधिकतम ३५ वर्ष अवधिका लागि घर कर्जा ल्याएका छन्। कम अवधिका लागि या त कर्जा रकम घटाउनुपर्छ या त मासिक आम्दानी बढेको हुनुपर्छ। त्यस्तै, ब्याजदर १० प्रतिशतभन्दा बढी भए पनि ७० लाख रूपैयाँ नै कर्जा नपाइन सक्छ। मासिक किस्ता ६० हजार हुन सक्छ तर कर्जा रकम घट्छ।

बैंकहरूले आफ्नो वेबसाइटमा आम्दानीको आधारमा कति घर कर्जा पाउन सकिन्छ भनेर हिसाब गर्न अनलाइन क्यालकुलेटर समेत राखिदिएका हुन्छन्।

ऋणीले पहिले तोकेको अवधिभन्दा कम समयमै सबै रकम भुक्तान गर्न चाहेमा पनि सक्छ ।

एनएमबी बैंकका अनुसार नेपालमा लामो अवधिका घर कर्जा लिनेहरूले पनि सरदर १० देखि १२ वर्ष अवधिमै सबै कर्जा भुक्तानी गर्ने गरेका छन्। समयअगावै भुक्तानी गरिँदा यदि ५० लाख रूपैयाँसम्म तिर्न बाँकी रहेमा बैंकहरूले अग्रिम भुक्तानी शुल्क समेत लिन पाउँदैनन्। तर त्योभन्दा बढी रकम अग्रिम भुक्तानी गर्दा भने सेवाशुल्कको २० प्रतिशतदेखि शतप्रतिशतसम्म लिन सकिने व्यवस्था छ। कुनै पनि कर्जामा कुल सेवा शुल्क पनि ०।७५ प्रतिशतसम्म मात्र लिन पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै