‘ग्रिस पठाउँछु’ भनेर ६९ लाख ३० हजार ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ -
Comments Add Comment

‘ग्रिस पठाउँछु’ भनेर ६९ लाख ३० हजार ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ

काठमाडौँ । ‘ग्रिस पठाउँछु’ भनेर ६९ लाख ३० हजार ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी घर भएका २३ वर्षीय निशेष कुमार मुक्तान र गोरखाको धार्चे गाउँपालिका–५ घर भएकी बिनिता गुरुङ छिन् ।

आरोपीहरुले दीपक सापकोटासहित १२ जनालाई वैदेशिक रोजगारीको लागि ग्रिस पठाइदिन्छु भनेर ठगी गरेका हुन् । ग्रिसमा मासिक १ लाख तलब हुने प्रलोभन पारेर उनीहरुले प्रतिव्यक्ति १२ लाख ५० हजार रुपैयाँ मागेको पीडितहरूले प्रहरीलाई बताएका छन् ।

प्रलोभनमा पारेर पकट पटक पीडितहरूबाट रकम लिएर उनीहरू फरार भएका हुन् । मुक्तानलाई बौद्धबाट र गुरुङलाई बसुन्धाराबाट पक्राउ गरेर वैदेशिक रोजगार विभागमा जिम्मा लगाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी नकुल पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै