काठमाडौं: प्रहरी प्रमुख आईजीपी बसन्त कुँवरले जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा पुगेर प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नु भएको छ ।

आईजीपी कुँवरले समाजमा शान्ति सुरक्षा कायम गर्दै नागरिकलाई सुरक्षाको अनुभूति गराउनका लागि प्रहरी अझ बढी संवेदनशील एवम् सक्रिय रुपमा प्रस्तुत हुनुपर्ने उल्लेख गर्दै आफ्नो मातहतका कर्मचारीहरुको मनोबल उच्च बनाई उत्कृष्ट व्यवहार, क्रियाकलाप, व्यवसायिक दक्षता तथा सिपका साथ कार्य सम्पादन गर्नतर्फ अग्रसर हुनुपर्ने बताउनुभयो ।  अपराध अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापन लगायत विपद् उद्दार कार्यमा नेपाल प्रहरीले सदैव अग्रपंक्तिमा रहेर कार्य सम्पादन गर्दै आइरहेको बताउँदै आईजीपी कुँवरले समाजमा अशान्ति र अराजकता फैलाउने उच्छृंखल तथा आपराधिक समूह, सामाजिक हित विपरितका गैरकानुनी र अनैतिक कार्य गर्ने व्यक्ति वा समूहहरू विरूद्ध खरो रुपमा प्रस्तुत भई कुनै किसिमको दवाव र प्रभावमा नपरी कानूनी कारवाही गर्न उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए । व्यक्तिगत लाभ भन्दा संगठनको हित र विकासलाई प्राथमिकतामा राखेर आफूलाई प्राप्त जिम्मेवारी ईमान्दार, कर्तव्यनिष्ठ, अनुशासित र उत्तरदायी भएर निर्वाह गर्न समेत उनले निर्देशन दिए ।

निर्देशनको क्रममा उहाँले नागरिकमैत्री, व्यवसायीक प्रहरी आचरण, गैरव्यवसायीक क्रियाकलापमा शुन्य सहनशिलता, जवाफदेहिता र कर्तव्यपरायणता जस्ता मूल्य मान्यतालाई आत्मसात् गरी प्रहरीको आन्तरिक शुद्दीकरण गर्दै वर्तमान समाजको आवश्यकता र जनअपेक्षा अनुसार शान्ती सुरक्षामा असर पार्न सक्ने प्रतिकूल परिस्थिती र परिणामको अध्ययन, विश्लेषण गरी उपयुक्त योजना बनाई प्रहरी जनशक्ति परिचालन गरी उपलब्ध श्रोत साधनको उच्चतम प्रयोग मार्फत नतिजामुखी कार्यसम्पादन गर्ने लगायतका विषयमा प्रभावकारी ढगंबाट काम गर्न निर्देशन भएको ।