Comments Add Comment

Advertisment

SKIP THIS

जग्गा बिक्री गर्ने भन्दै बैना रकमको नाममा करोडौं ठगी गर्ने अभिषेक अग्रवाल

काठमाडौं: जग्गा बिक्री गर्ने भन्दै ठगी गरेको आरोपमा एक जना विरुद्ध जिल्ला प्रहरी परिसर, ललितपुरमा उजुरी परेको छ । पर्सा जिल्ला वीरगन्ज घर भई हाल ललितपुरको ईमाडाेल बस्ने अभिषेक अग्रवाल रहेको ललितपुर प्रहरीले जनाएको छ ।

अग्रवालले विभिन्न व्यक्तिलाई जग्गा बिक्री गर्ने भन्दै बैना रकम उठाएर ठगी गरेको आरोप छ । ‘उनले विभिन्न व्यक्तिलाई जग्गा दिन्छु भन्दै रकम लिने तर, जग्गा नदिएपछि पैसा माग्दा रित्तो बैंक खाताको चेक दिने गरेको देखियो’ प्रहरी परिसरका एक प्रहरीले भने ।

यस्तो ठगीमा संलग्न अग्रवाल विरुद्ध पीडितले प्रहरीमा उजुरी दिएका छन् । प्रारम्भिक अनुसन्धानबाट उनले ३ करोड रुपैयाँ ठगेको देखिएको छ । पीडितको संख्या अझै बढ्ने अनुमान छ ।

पछिल्लो समय अन्य अपराधका घटनामा केही कमी देखिए पनि लेनदेन र जग्गा कारोबारजस्ता विषयमा हुने ठगी भने बढ्दै गएको छ। यो त्यसै किसिमको घटनाको प्रतिबम्ब हो। यी ठगको आरोप लागेका व्यक्तिबाट शिकारमा सर्वसाधारण व्यक्तिमात्रै छैनन्। स्कुलमा पठाउने शिक्षकदेखि कलेजमा अध्यापन गराउन लेक्चचरसम्म शिकार भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै