इन्स्पेक्टर खड्काको टोलिद्वारा ३ रोपनी जग्गामा लागूऔषध ‘अफिम खेती’ गर्ने लामालाई पक्राउ -
Comments Add Comment

Advertisment

SKIP THIS

इन्स्पेक्टर खड्काको टोलिद्वारा ३ रोपनी जग्गामा लागूऔषध ‘अफिम खेती’ गर्ने लामालाई पक्राउ

लमजुङमा अवैध लागूऔषध ‘अफिम खेती’ गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुर राक्सिराङ गाउँपालिका–८ घर भएका २६ वर्षीय हिमाल लामा थिङलाई प्रहरीले पक्राउ गरेको हो ।

लमजुङको मध्यनेपाल नगरपालिका–३ सूर्यपालमा अवैध लागूऔषध अफिम खेती गरिरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजाराम खड्काको कमान्डमा खटिएको प्रहरी टोलिले लामालाई आइतबार पक्राउ गरेको हो ।

मंगलबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रहरीले पक्राउ परेका लामासहित उनले ३ रोपनी जग्गामा लगाएको १४ हजार ५ सय ६६ अफिमका बोट, अफिमबाट संकलन गरिएको १०७ दशमल ४ ग्राम चोप, चोप निकाल्न प्रयोग गरिएका सामग्री सार्वजनिक गरेको छ ।

पक्राउ परेका लामा विगत १ वर्षदेखि सूर्यापालमा विष्णु सुवेदीको खेतबारी रेखदेख गरी बस्दै आएका थिए । पक्राउ परेका लामालाई लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम अफिम खेती अन्तर्गत आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी प्रमुख डीएसपी मिनबहादुर घलेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै