डाक्टर प्रतिभा छाउनीस्थित आफ्नै घरमा सलको पासो लगाएर झुण्डिएर मृत अवस्थामा फेला -
Comments Add Comment

डाक्टर प्रतिभा छाउनीस्थित आफ्नै घरमा सलको पासो लगाएर झुण्डिएर मृत अवस्थामा फेला

काठमाडौं- जिल्ला अस्पताल धादिङमा कार्यरत डाक्टर प्रतिभा धौभडेल छाउनीस्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन् ।

डाक्टर धौभडेल बिहीबार आफ्नै कोठाको बाथरुममा मृत भेटिएकी हुन् । मृत अवस्थामा फेला परेकी उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीका अनुसार ३४ वर्षीया धौभडेल सलको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेकी हुन् । प्रतिभाका श्रीमान पनि डाक्टर नै हुन् ।

असार २५ बाट धादिङ अस्पतालमा कार्यरत उनी बिदामा काठमाडौं आएकी थिइन् । घटनाबारे प्रहरी वृत कालिमाटीले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै