Comments Add Comment

Advertisment

SKIP THIS

लागुऔषध कोकिनको कारोबार गर्ने अन्तर्राष्ट्रिय गिरोहका २ जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ

काठमाडौँ । लागु औषध कोकिनको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका २ जना सदस्य काठमाडौँबाट पक्राउ परेका छन् । पक्राउ पर्ने दुबै जना ब्राजिलियन नागरिक भएको लागु औषध नियन्त्रण ब्युरोले शुक्रवार जनाएको छ ।

पक्राउ पर्नेमा ब्राजिलियन नागरिकहरू लारिसन ब्रिटो दोस सान्तोस र फर्नान्डा भाल दोस सान्तोस रहेको र उनीहरुको साथबाट कुल १ केजी ४५५ ग्राम कोकिन बरामद भएको ब्युरोका प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए ।

विभिन्न मुलुकहरूबाट नेपाल प्रवेश गरी शङ्कास्पद गतिविधि गर्ने विदेशी नागरिकहरूको निगरानी गर्ने क्रममा उनीहरुलाई पक्राउ गर्न सकिएको उनको भनाइ छ ।

चैत १३ गते काठमाडौँको ठमेलको एक होटेलमा लारिसनले सुटकेस भित्र लुकाएर राखेको ८४० ग्राम कोकिन तथा फर्नान्डले लुकाएको पनि थप ५५० ग्राम गरी जम्मा १३९ क्याप्सुलबाट कोकिन १ किलो ३९० ग्राम बरामद भएको कार्कीले बताए ।

निजहरूको पेटमा थप क्याप्सुलहरु हुनसक्ने आशंकामा दुवै जनालाई नेपाल प्रहरी अस्पताल पठाइएकोमा लारिसनको पेटबाट थप ६५ ग्राम कोकिन बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनीहरु दुवै जनाले ब्राजिलको सापाउलोबाट कोकिनको क्याप्सुलहरु निलेर पेटमा लुकाउँदै नेपालमा तस्करी गर्ने खुलेको छ ।

दुबै जनालाई जिल्ला अदालत काठमाडौँबाट अनुमति लिई थप अनुसन्धान भइरहेको छ । यस्तै कोकिनको अवैध बजार मूल्य ४ करोड ३६ लाख ५० हजार बराबर हुन आउने प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै