Comments Add Comment

Advertisment

SKIP THIS

वैशाख १ गतेबाट ठमेल २४ सै घण्टा खुल्ने

१८ चैत , काठमाडौ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्ग २४सै घण्टा खुलाउन निर्देशन दिएसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौंले वैशाख १ गतेबाट खोल्ने तयारी गरेको छ ।

यसका लागि चाहिने आवश्यक मापदण्डको मस्यौदा तयार भइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । विश्वमा पर्यटकीय नगरिका रूपमा परिचित ठमेल २४ सै खण्टा खुला हुँदा आर्थिक गतिविधि बढ्ने आँकलन सरकारले गरेको छ ।

राति खुलाउँदा घरबेटीलाई डिस्टर्ब हुन्छ भन्ने विषयका बारेमा छलफल भइरहेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता हरिप्रसाद शर्माले उद्योगी, मजदुर, ट्याक्सी व्यवसायी, काठमाडौं महानगरपालिका, सुरक्षा समितिलगायतसँग ठमेल खुलाउने विषयमा छलफल भइरहेको बताए । नेपाल समाचारपत्रबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै