Comments Add Comment

Advertisment

SKIP THIS

आईजीपी बसन्त कुँवरले बढुवा भएका १९ जना डीएसपीहरूलाई फुली लगाइदिए

काठमाडौं । प्रहरी निरीक्षक (इन्स्पेक्टर)बाट प्रहरी नायब उपरीक्षक (डीएसपी)मा बढुवा भएका १९ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

उनीहरुलाई आईजीपी बसन्त बहादुर कुँवरले फुली लगाइदिएका हुन्।

आईजीपी कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच डीएसपीहरु दिपक मल्ल, निर्मल पनेरु, ऋषिराम घर्तीमगर, धनबहादुर बोहरा, जनार्दन घिमिरे, आयुशप्रसाद जोशी, लक्ष्मण ओली, शैलेश्वरी बोहरालाई दर्ज्यानी चिन्ह लगाइदिए ।

यस्तै नविन पौडेल, योगेन्द्र तिमिल्सिना (उपाध्याय), पुरुषोत्तम कार्की, हिरेन्द्र बहादुर रोकाया, गुणराज बुढाथोकी, रामप्रसाद तिमिल्सिना, भिषणबाबु राई, रुकबहादुर खड्का, रणबहादुर चन्द, राजन लामा र कमलबहादुर खड्काले पनि दर्ज्यानी चिन्ह पाएका छन्।

समारोहमा आईजीपी कुँवरले पदोन्नति भएका डीएसपीहरुलाई बधाई दिँदै पदोन्नतिपछि प्राप्त नयाँ जिम्मेवारी र उत्तरदायित्व वहन गर्नको निम्ति सफल हुने विश्वास समेत व्यक्त गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै