Comments Add Comment

पूर्व मुख्यसचिव तीर्थमान शाक्यको निधन

काठमाडौं । पूर्वमुख्यसचिव तीर्थमान शाक्यको निधन भएको छ । नेपाल कानुन समाजका अध्यक्षसमेत रहेका शाक्यको क्यान्सर रोगको उपचारका क्रममा बुधबार बिहान ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा निधन भएको हो । लोकसेवा आयोगका पूर्वअध्यक्ष शाक्य ८१ वर्षको थिए ।

उनी डेढ महिनाअघि मात्र भारतको दिल्लीमा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्किका थिए । नेपालको कानुनको मस्यौदा कार्यमा दख्खल प्राप्त गरेका उनी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवसमेत भए।

पूर्वसचिव गोपीनाथ मैनालीका अनुसार लोकसेवा आयोगमा रहँदा उनको नेतृत्वमा पदपूर्ति प्रणालीमा सुधारका थुप्रै काम भएका थिए । स्व शाक्यका दुई छोरी र दुई छोरा छन् भने श्रीमतीको करिब तीन महिनाअघि मात्र निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै