Comments Add Comment

Advertisment

SKIP THIS

बालबालिले लगाएको कानको मुद्रा चोरी गर्ने दुई जनालाई काभ्रेबाट प्रहरीले पक्राउ

काभ्रे । बालबालिकाले लगाएको कानको मुन्द्रा चोरी गरेको आरोपमा प्रहरीले काभ्रेबाट दुई जनालाई पक्राउ गरेको छ।

नेपा नगरपालिका भित्रका बिभिन्न स्थानबाट बालबालिकालाई ललाई फकाई एकान्त स्थानमा लगि उनीहरुले कानमा लगाएको सुनको मुन्द्रा चोरी गर्दै आएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

पक्राउ पर्नेमा बनेपा- ७ का ५७ वर्षीय कुसुम शाक्य बुद्धाचार्य र काभ्रेकै बेथानचोक गाउँपालिका- ४ का २१ वर्षीय सुनिल नगरकोटी छन् । उनीहरुविरुद्ध हालसम्म पाँच जनाले प्रहरीमा उजुरी गरिसकेका छन्।

चोरी गरी लगेको सुन बनेपा नगरपालिका- ७ मा रहेको न्यु सुनचाँदी ज्वेलर्समा बेच्ने गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ।

पक्राउ परेका आरोपिहरुलाई चोरी मुद्दा कसुरमा अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै