काठमाडौँ । मिडिया सञ्चालक कैलाश सिरोहियाविरुद्ध दोहोरो नागरिकता लिएको आरोपमा जाहेरी दर्ता भएको छ । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता भएको हो । सिरोहिया कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष हुन् ।
‘जाहेरी आएको छ’ धनुषाका एसपी भुवनेश्वर तिवारीले भने–‘हामीले दर्ता गरेर अनुसन्धान प्रक्रिया अघि बढाएका छौँ ।’ सिरोहियाले दुई वटा फरक नम्बरको नागरिकता प्रयोग गर्ने गरेको उजुरकर्ताले दाबी गरेका छन् ।
२०३६ भदौ २० मा जनकपुर उप-महानगरपालिका वडा नम्बर २ ठेगानामा जारी भएको शिवजी साहु तेलीको नागरिकता नम्बर र २०३३/०३४ को रेकर्ड अनुसार भन्दै २०५७ असोज २८ को निर्णयबाट जारी सिरोहियाको नागरिकताको नम्बर एकै छ।
अन्यत्र भने सिरोहियाको नागरिकता नम्बर फरक छ। एक ठाउँमा पहिलो नम्बर २८ उल्लेख छ भने नागरिकतामा ३८ उल्लेख रहेको जाहेरीमा दावी गरिएको छ।