Comments Add Comment

Advertisment

SKIP THIS

बेलायत पठाइदिने भन्दै ३४ लाख ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु ३४ लाख २३ हजार तीन सय ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा योगेश राई रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनले भने, “रोहित श्रेष्ठ र जिवेन्द्र श्रेष्ठलाई वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै निजले रु ३४ लाख २३ हजार तीन सय ठगी गरेको आरोपमा प्रहरी वृत्त महाराजगञ्जको टोलीले पक्राउ गरेको हो ।”

पक्राउ परेका निज राईमाथि गरी जिल्ला प्रहरी परिसर काठमाडौँबाट थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै