Comments Add Comment

Advertisment

SKIP THIS

रत्नपार्क – कीर्तिपुर बस दुर्घटनामा थप ८ जना घाइते

२३ वैशाख , काठमाडौ ।  रत्नपार्क–कीर्तिपुर रुटमा चल्ने बा ३ ख २०२७ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा घाइते हुनेहरूको सङ्ख्या ११ पुगेको छ ।

दुर्घटना स्थलबाट उद्धार गरेर थप ८ जना घाइतेहरूलाई उपचारका लागि अस्पतालमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले  बताए ।

दुर्घटनामा परेर प्रा.डा. गोविन्द रिजालको मृत्यु भएको छ । घाइते हुनेमा नेपालगञ्ज घर भएकी २२ वर्षीया सुस्मा खड्का, बर्दिया घर भएका १८ वर्षीय रमित थापा, २० वर्षीय किशोर थापा, झापा घर भएका ध्रुब बुढाथोकी, डडेलधुरा घर भएका डमर खड्का र चन्दा बोहरा छन् ।

त्यस्तै नबिना खड्का, गंगाराम भट्ट र बाजुरा घर भएका २५ वर्षीय नरेशराज न्यौपाने छन् । उनीहरूको त्रिपुरेश्वर स्थित ब्लु क्रस अस्पतालमा उपचार हुँदै छ ।

बैतडी घर भएका २४ वर्षीय डम्बर पन्त, २४ वर्षीया विमला श्रेष्ठ र बस चालक २७ वर्षीय रमेश लामाका ट्रमा सेन्टरमा उपचार हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै