काभ्रे । काभ्रेको सीसाखानीमा रहेको बुद्धचित्त (बोधिचित्त)को रुख कटानको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोली परिचालन गरिएको छ ।

२९ चैतको राति बोधिचित्तको रुख कटान भएको घटना अझैसम्म नसुल्झिएपछि सीआईबीको टोली परिचान गरिएको हो।

संगठित अपराधको कसुरमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

यो प्रकरणमा थुप्रै मान्छेलाई पक्राउ गरेर सोधपुछ गरे पनि अहिले भने तीन जनालाई मात्रै हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ । अहिले दुर्गालाल तामाङ, मानबहादुर तामाङ र श्यामकृष्ण मैनाली गरी तीन जना प्रहरी हिरासतमा छन् ।

प्रहरीका अनुसार वार्षिक ३ करोड रुपैयाँ दिने गरी ५ वर्षलाई सत्यमान लामा र सन्दीप त्रिपाठीलाई रुख बिक्री गरेको खुलेको थियो । अर्को पक्षले रुखको ठेक्का नपाएपछि काटिएको हुनसक्ने आशंका गरिएको छ ।