Comments Add Comment

Advertisment

SKIP THIS

जीवी राईलाई पक्राउ गर्न मलेसियासँग कुरा गरिसकेको छु : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा फरार भएका जीबी राईलाई पक्राउ गर्न कानुनी जटिलता रहेको बताएका छन् ।

सभामुखसहित शीर्ष नेताको छलफलपछि बोल्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् । गृहमन्त्री लामिछानेले राईलाई नेपाल ल्याउनेबारेमा समेत राजनीतिक र कूटनीतिक पहल भइरहेको बताए ।

गृहमन्त्री लामिछानेले भने,‘पहिलो कुरा जीबी राईबारे कुराहरू बाहिर आइरहेका बेला भाग्न दिने जुन अवस्था सिर्जना भयो । के कारणले त्यो रोकिएन ? गइसकेको मान्छेलाई खोजी गर्ने कार्य जटिल छ ।’

गृहमन्त्री लामिछानेले राईलाई पक्राउ गर्न या नेपाल ल्याउन दुई देशबिचको सुपुर्दगी सन्धि बाधक बनेको पनि बताए ।

रास्वपा सभापति समेत रहेका लामिछानेले केही कानुनी जटिलताका कारण राईलाई ल्याउन अप्ठ्यारो पर्ने भएपनि त्यसबारे समेत त्यहाँको राजनीतिक तहमा छलफल गरेको बताए।

सहकारी ठगी प्रकरणमा मुछिएका राई नेपालबाट भाग्ने वातावरण कसरी बन्यो यसबारे समेत आफूले नजिकबाट हेरिरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै