Comments Add Comment

Advertisment

SKIP THIS

बाँकेको कोहल्पुरमा लागु औषध कारोबारी पक्राउ गर्न प्रहरीले गोली चलायो

बाँके । बाँकेको कोहल्पुरमा लागु औषध कारोबारी पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ । नेपाल प्रहरीको काठमाडौंबाट खटिएको लागु औषध अनुसन्धान ब्युरोको टोली र बाँकेको जिल्ला प्रहरीको संयुक्त टोलीले लागु औषध कारोबारीलाई नियन्त्रण लिने क्रममा आज बिहान गोली चलाएको हो ।

प्रहरीले लागु औषध कारोबार भइरहेको सूचना पाएर बाँकेको जानकी गाउँपालिका-६ मा कारोबारीहरुलाई पछ्याएको थियो । त्यसक्रममा लागु औषध कारोबारीहरु सुशील परियार र शरण कार्की भे ६ प ६२२६ नम्बरको स्कुटरमा भाग्न खोजेपछि प्रहरीले गोली चलाएको जनाएको छ ।

प्रहरीको गोली लागेर घाइते भएका सुशील परियारको भेरी अस्पतालमा उपचार भइरहेको छ भने शरण कार्की प्रहरी हिरासतमा रहेको जिल्ल प्रहरी कार्यलय बाँकेका प्रवक्ता नारायण डाँगीले जानकारी दिनुभयो । उनीहरुबाट ११४ ग्राम ब्राउन सुगर बरामत भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै