नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा एसएसपी दानबहादुर कार्की -
Comments Add Comment

नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा एसएसपी दानबहादुर कार्की

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्की चयन भएका छन् ।

प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षकका सचिवालयमा कार्यरत एसएसपी कार्कीलाई प्रहरी केन्द्रीय प्रवक्ताको जिम्मेवारी तोकेको हो ।

प्रहरीद्वारा सम्पादित जनसरोकारका कामकारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चारमाध्यममा सम्प्रेषण गर्नका लागि एसएसपी कार्कीलाई प्रवक्ताको जिम्मेवारी तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक कार्कीलाई ९८५१२९२१११ र इमेल ठेगाना spokesperson@nepalpolice.gov.npमा सम्पर्क गर्न सकिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै