तारकेश्वर नगरपालिका एमाले नगर कमिटीको दोस्रो अधिवेशनको आज तेस्रो दिन नयाँ नेतृत्वका लागि मतदान हुने भएको छ ।
अध्यक्ष पदका लागि तारकेश्वर ५ का पूर्व वडाअध्यक्ष बासु गौतम र इन्जिनियर कञ्चन भट्ट उम्मेदवार रहेका छन् । एमाले तारकेश्वरका धेरैजसो प्रतिनिधिहरुकाअनुसार एसपटक नयाँ र यूवा नेतृत्वलाई अगाडी बढाउने गरी मतदानको प्रक्रियामा गएको बताएका छन् ।
तारकेश्वर वडा नं ११ स्थित कान्तिपुर एबि पार्टी प्यालेसमा ५ गतेबाट सुरु भएको अधिवेशन आज सकिँदैछ । २०० भन्दा बढि प्रतिनिधीले अध्यक्ष लगायतका पदमा मतदान गर्न पाउने छन् । ईं. कञ्चन भट्टको प्यानलमा सचिवका उम्मेदवार तारकेश्वर ९ का पूर्व वडाअध्यक्ष बलराम सिटौला रहेका छन् ।
सिटौलाले आफु सबैभन्दा बलियो उम्मेदवार भएको दावी गर्दै आएका छन् । सचिवमा तारकेश्वर २ का पूर्व वडाअध्यक्ष रविन्द्र केसीले पनि उम्मेदवार दिएका छन् ।
तारकेश्वरमा यसपटक एमालेले नयाँ युबा नेतृत्व इन्जिनियर कञ्चन भट्टलाई ल्याउने साथका साथ अधिवेशन मतदानको प्रक्रियामा गएको यूवा नेताहरुले न्युज24ग्यालेक्सी सगं बताएका छन् ।
एमालेका अधिबेशन प्रतिनिधीहरुले अहिलेको नगर कमिटी निकम्मा र कमजोर प्रतिपक्षको रुपमा रहेको आक्रोश पोख्दै आएका छन् ।
यदि यही पुरानै नेतृत्वलाई जबर्जस्ती राख्न खोजे तारकेश्वरबाट एमाले पत्तासाफ हुनेमा दुई मत छैन भन्नेमा उपस्थित प्रतिनिधीहरुको आवाज उठिरहेको छ ।
दुई वर्षयता स्थानीय सरकारबाट भएका बेथितिका बिरुद्द चुइक्क बोल्न नसक्ने र बिरोधका आवाज नआउनुमा मौजत कमिटि नै निरिह र निकम्मा भएको पुस्टि हुन्छ एक प्रतिनिधिले भने । प्रतिनिधीकाअनुसार तारकेश्वर नगरपालिकामा कञ्चन भट्टको बिकल्प नभएको पनि दाबी गरिरहेका छन् । उनिहरुले अबको स्थानीय तहको नेतृत्व कञ्चन भट्टले गरेर जानुपर्ने बताएका छन् ।
को हुन् कञ्चन भट्ट !
तारकेश्वरमा भएका विभिन्न राजनीतिक दलहरुले पनि संगठन बलियो भएको पार्टीमा एमालेको यस अधिवेशनबाट कञ्चन भट्टको नेतृत्व आएमा तारकेश्वरमा केही परिवर्तन हु्न सक्ने बताएका छन् ।
विद्यार्थी राजनीतिबाट आएका कञ्चन भट्ट आफु स्वरोजगार भएर मात्र राजनीति गर्नुपर्ने बताउनुहुन्छ । आफ्नो पेसालाई नछोडी राजनीति गर्न सकिन्छ भन्ने उदाहरण दिन पनि इन्जिनियर भट्टले एमालेको नेतृत्व लिन चाहेका छन् ।
भट्ट तारकेश्वर नगरपालिका भित्रकै सिनिएर प्राविधिक हुनुहुन्छ । भट्ट आफैं सिभिल इन्जिनियर भएकाले प्राविधिक विषयमा ब्याचलर लेभल पढाउँदै आउनुभएको छ । कञ्चन भट्ट तारकेश्वर ६ का स्थायी बासिन्दा हुन् ।
भट्ट तारकेश्वर नगरपालिकामा रहँदा जनताको गुनासोहरु समाधानमा तल्लिन, जनप्रतिनिधिहरुसँग समन्वय र कर्मचारी सहपाठीहरुसँग मित्रताको सम्बन्ध राख्न सफल भएका थिए |






