२० जेठ , काठमाडौ । तारकेश्वर वडा नं. ९ को लोकतान्त्रिक चोक नजिकै रहेको मचागाः (नेवारी समुदायले दुधे बच्चा मरेपछि पुर्ने स्थान) कि.नं. ६२/६३ को नेपाल सरकारको नाममा रहेको जग्गा अमुक व्यक्तिले हडपी कम्पाउण्ड गरेको छ ।

यस जग्गाबारे स्थानीयहरुले धेरैपटक आवाज उठाएपनि स्थानीय सरकार मौन छ । तारकेश्वर वडा नं. ९ का वडाअध्यक्षलाई धेरैपटक नेवारी समुदाय र सो क्षेत्रका स्थानीयबासीले जग्गा छुट्याई ऐतिहासिक स्थलको संरक्षण गर्न माग गर्दै आएका छन् ।

तर सो जग्गाबारे संघीय सदनमा समेत पटक–पटक सांसद्हरुबाट जग्गा छुट्याई संरक्षण गर्न आवाज उठाउँदा पनि वडा नं. ९ का वडाअध्यक्ष श्यामकृष्ण महर्जन के हेरी बसेका छन् । नाम नबताउने शर्तमा एक स्थानीयले कतै महर्जनको पनि मिलेमतो छैन भन्दै प्रश्न गर्न थालेका छन् । त्यस्तै तारकेश्वर नगरपालिकाको सार्वजनिक सुनुवाई र संघीय सांसद्ले आयोजना गरेको सार्वजनिक सुनुवाईमा समेत यस विषयमा कुरा उठ्दा नगरपालिका मौन बस्नुको रहस्य के छ ?

म वडाअध्यक्ष हुँदा पनि स्थानीयबासी र नेवारी समुदायले जग्गा छुट्याई दिन आग्रह गरेका थिए । सो जग्गा नेपाल सरकारको नाममा भएको मैले त्यतिबेलै नापीबाट बुझेको थिँए । तारकेश्वर नगरपालिकाले अब छुट्याई मजागाः भएकाले त्यसलाई पार्क बनाई संरक्षण गर्न नगरपालिकासँग अनुरोध गर्दछु । पूर्व वडाअध्यक्ष सिटौलाले उक्त कि. नं. ६२ र ६३ जग्गाको सिफारिस दिनु पर्छ भने म आफै वडाअध्यक्षको पदबाट राजिनामा दिन्छु समेत बताएका थिए ।

यसै बिचमा हामीले ”द डार्क फाइल” खोज्दै जाँदा सोही वडाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति भूपाल गौतमसँगको कुराकानीमा उनले भनेका छन् – हामी यसै वडामा लामो समयदेखि बसोबास गर्दै आएका छौँ । आफ्नो कपालका काला केश सेता भइसके तर यस्तो निकम्मा स्थानीय सरकार अहिलेसम्म देखेको थिइन । यो जग्गामा पहिला केही साल अघि मात्र मजागाः (मरेका दुधे बच्चा पुर्ने ठाउँ) भनेर चिनिन्थ्यो । यो नेवार समुदायको बिचमा रहेको जग्गा भएकाले अहिले आउँदा धेरै मानिस वा समुदाय बसिसकेको बताउँछन् । गौतम भन्छन् – हामी यस जग्गा अमुख व्यक्तिको हातमा पर्न दिदैनौ म र रास्वपा पार्टी सदैव यस्ता कुकार्य बिषयमा बोल्छौँ र बोल्दै आइरहेका छौँ । हामिले बारम्बार वडामा भन्दा पनि सुनुवाई भएन अहिले भने उक्त सरकारी जग्गाको बिषयलाई लिएर लिखित निबेदन दिएर ध्यानाकर्षण समेत गराएको खुलासा गरे ।

”अब द डार्क फाईल” सिधै तारकेश्वर नगरपालिका वडा नं ९ को कार्यालयमा पुग्दा वडाअध्यक्ष श्यामकृष्ण महर्जन सङ्ग टेलीफोन सम्पर्कमा कुराकानी जोडेका छौँ ।

”वडाअध्यक्ष महर्जनका अनुसार”– हामीले लोकतान्त्रिक चोकमा रहेको कित्ता नं ६२ र ६३ को को जग्गा मात्र नभई मनमैजुमा सदियौंदेखि व्यक्तिले घर बनाई ओगटेका जग्गा, वडा नं. ११ र ९ को सिमानामा रहेको जग्गा समेत तत्काल छुट्याउनपर्छ भनेर नगरपालिकामा ताकेता गरिरहेको बताएका छन् । हामीलाई नगरले अधिकार पनि दिएको छैन ।

नगर प्रहरिको सहयोग दिएर जग्गा छुट्याउन निर्देशन दिने हो भने हामी मजागाः तत्काल छुट्याउन तयार छौँ । नगरपालिकासँग बारम्बार सहयोग मागेका थियौं तर केही भएन । म जनताले जिताएको जनप्रतिनिधि हुँ म भस्ट्र भएर मेरो ईज्जततमा दाग लाग्ने काम गर्दिन ।

”अब द डार्क फाईल”का अनुसार के अब तार्केश्वर भष्ट्रको तार्केश्वर बनाउने हो ? बिकासका लागि करोडौंका गेट, महङ्गा होटेलमा सेमिनार, बैठक, मनोरञ्जन र बस्ती बिनाएकै ठाउँमा प्लट्रिक भुमाफियालार्इ साथ दिँदै जाने हो भने नगरपालिमा छिटै बिकासमा अगाडि होईन ऋणको भारी बोक्ने देखिन्छ ।