वीरगन्जबाट १२ लाख रूपैयाँसहित हुन्डी कारोबारी पक्राउ -
Comments Add Comment

Advertisment

SKIP THIS

वीरगन्जबाट १२ लाख रूपैयाँसहित हुन्डी कारोबारी पक्राउ

४ असार , काठमाडौ । सशस्त्र प्रहरी पर्साले एक जना हुन्डी कारोबारीलाई पक्राउ गरेको छ ।

वीरगन्ज-१६ भन्सार चेकप्वाईन्टमा सशस्त्र प्रहरीले भारत रक्सौलबाट वीरगन्ज आउने क्रममा १२ लाख रुपैयाँसहित हुन्डी कारोबारीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका-७ जितपुर टोल निवासी छठु महतो कोइरी रहेका छन् ।

रक्सौलबाट वीरगन्ज आउने क्रममा प्रदेश २-०३-०२० प ४२२२ नम्बरको मोटरसाइकल जाँच गर्दा मोटरसाइकल चालकले प्रयोग गरेको हेल्मेटबाट १२ लाख रुपैयाँ बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

कोइरीको साथबाट विभिन्न बैंकका चेकहरु समेत फेला पारेको छ । आवश्यक कारबाहीका लागि कोइरीलाई वीरगन्ज भन्सार कार्यालय पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment