Comments Add Comment

Advertisment

SKIP THIS

ब्युरोको प्रहरी हुँ भन्दै पूर्वइन्सपेक्टरले हाने किराना पसलमा छापा, मागे १० हजार !

१७ असार, काठमाडौ । धम्क्याएर व्यापारीसँग पैसा उठाएपछि नेपाल प्रहरीका पूर्वप्रहरी निरीक्षक गणेशमान श्रेष्ठ विराटनगरबाट पक्राउ परेका छन् ।

मोरङ प्रहरीका अनुसार विराटनगर महानगरपालिका–८ घर भएका पूर्वइन्सपेक्टर ५८ वर्षीय श्रेष्ठलाई सोमबार साँझ ५ बजे पक्राउ गरिएको हो ।

आफू ब्युरोको प्रहरी भएको बताउँदै धम्क्याएर व्यापारीसँग पैसा उठाउने क्रममा श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । आफू ब्युरोको प्रहरी भएको बताउँदै श्रेष्ठले पुरानो परिचयपत्र देखाएर विराटनगर–६ स्थित व्यापारी राजकुमार भगतको पसलमा छापा हानेका थिए ।

श्रेष्ठले डर त्रास देखाई व्यापारी भगतसँग पैसा लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । भगतले १० हजार रुपैयाँ पैसा पूर्वइन्सपेक्टर श्रेष्ठलाई दिएको बताइएको छ ।

व्यापारीसँग पैसा लिएको थाहा पाएपछि स्थानीयले नियन्त्रणमा लिएर श्रेष्ठलाई प्रहरीको जिम्मा लगाएका थिए । मोरङ प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै