Comments Add Comment

Advertisment

SKIP THIS

लुम्बिनी प्रदेश : आगामी आर्थिकको वर्ष बजेट बहुमतले पारित

१३ असार , काठमाडौ । लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट बहुमतले पारित भएको छ।

असार १ गते चौथो अधिवेशनको २३ औं बैठकमा प्रदेश सरकारले सभामा प्रस्तुत गरेको बजेट बहुमत सांसदको सहमतिले पारित भएको हो । बुधबार प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको विधेयक बहुमतले पारित भएको सभामुख तुलाराम घर्तीमगरले घोषणा गरे।

त्यसअघि आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले प्रदेश सभा नियमावली २०७९ को नियम १४२ को उपनियम ६ बमोजिम प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए।

बजेटमाथि सोमबार, मंगलबार र बुधबार तीन दिन लगातार सदनमा छलफल भएको थियो। लुम्बिनी प्रदेश सरकारले आगामी वर्षको लागी ३८ अर्ब ९७ करोड, ९५ लाख ३६ हजार रूपैयाँको बजेट ल्याएको थियो।

विनियोजित बजेटमध्ये चालूतर्फ ११ अर्ब २५ करोड २७ लाख ८४ हजार अर्थात् २८ प्रतिशत र पूँजीगततर्फ २४ अर्ब ५८ करोड, ५९ लाख रूपैयाँ अर्थात् ६३ प्रतिशत रहेको छ। त्यस्तै, वित्तीय हस्तान्तरणका लागि ३ अर्ब १४ करोड १३ लाख अर्थात् ८ दशमलव ०६ प्रतिशत हुने अनुमान छ।

बजेट छलफलमा भाग लिँदै प्रदेश सभा सदस्यहरूले सरकारले ल्याएको बजेटमा सन्तुलनको अभाव देखिएको, मन्त्रि र मुख्यमन्त्रीको निर्वाचन क्षेत्रमा केन्द्रित भएको जस्ता विषयहरू उठाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment