Comments Add Comment

Advertisment

SKIP THIS

तस्करी तथा सीमा अपराध नियन्त्रणमा केन्द्रित भएर काम गर्ने डिआईजी उमेश जोशीको निर्देशन

१४ साउन , काठमाडौ ।  लुम्बिनी प्रदेश प्रहरी प्रमुख उमेश राज जोशीले तस्करी तथा सीमा अपराध नियन्त्रण, फरार अपराधी पक्राउ एवम् जघन्य अपराधको सफल अनुसन्धानमा केन्द्रित रहेर काम गर्न जिल्ला प्रमुखहरु थप सक्रिय हुन निर्देशन दिनुभएको छ ।

सबै जिल्लाले आ-आफ्नो विशिष्टता अनुरुप आवश्यक सुरक्षा योजना बनाई सुरक्षा व्यवस्था मजबुत बनाउनुपर्ने उल्लेख गर्दै डिआईजी जोशीले आफू मातहतका जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूले आफूलाई सुम्पिएको जिम्मेवारीलाई आफ्नो नेतृत्व विकासको अवसरका रूपमा लिएर कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो । तस्करी, प्राकृतिक स्रोतको दोहन जस्ता गतिविधिमा शून्य सहनशीलताको नीतिलाई अवलम्बन गरी अवैध क्रियाकलापमा संलग्न जो कोहीलाई पनि कानूनी दायरामा ल्याउन अझ सक्रिय भई अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

डिआईजी जोशीले आफ्नो कार्यक्षेत्रमा कति संख्यामा अपराधी पक्राउ परे, जघन्य अपराधको अनुसन्धान कति उपलब्धि भयो, तस्करी नियन्त्रणमा के-कस्ता प्रयास भए, आफू मातहतलाई कति न्याय गरियो र तिनको मनोबाल उच्च राख्न के-कस्ता काम भए; यसको जवाफ प्रदेश प्रहरी कार्यालयले खोज्ने बताउनुभयो । नागरिकबाट आउने महत्वपूर्ण सूचनाहरू प्रहरी कार्यालयबाट उचित सम्बोधन गर्नुपर्ने उहाँले बताउनुभयो ।

साथै प्रहरी नागरिकका समस्या एवं पिडाहरुको निदानकर्ता भएकाले प्रहरी कर्मचारिको गलत आचरण एवं व्यवहारका कारण नागरिकमा थप पिडा एवं नैराश्यता उत्पन्न हुन नहुने बताउदै आफुलाई आचरणयुक्त एवं कार्यदक्षताले भरिपुर्ण प्रहरी कर्मचारीका रुपमा मन, वचन र कर्मले कार्यक्षेत्रमा समर्पित गर्नुपर्नेमा जोड दिनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment