३ जेठ,काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा बढी काठमाडौँमा २,३४६, कैलालीमा ७४२, मोरङमा ४६९, ललितपुरमा ४५४, कास्कीमा ४३४, रूपन्देहीमा ४१३, बाँकेमा ३७८ र बर्दियामा ३१३ जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै सुनसरीमा ३००, भक्तपुरमा २९८, धनुषामा २३२, कञ्चनपुरमा २१८, सुर्खेतमा १९६, झापामा १७४, दाङमा १३७, महोत्तरीमा १३० र मकवानपुरमा १२४ जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै सप्तरीमा १२१, पर्सामा ९८, पाल्पामा ९४, काभ्रेपलाञ्चोकमा ९१, स्याङजामा ८५, रौतहटमा ७६, नुवाकोटमा ७५, चितवनमा ६७, गोरखामा ६५, संखुवासभामा ६४, धनकुटामा ६३, पर्वतमा ६०, इलाममा ५९, सिन्धुपाल्चोकमा ५८, म्याग्दीमा ५७ र रामेछापमा ५४ जनामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै लमजुङमा ४८, जाजरकोटमा ४६, गुल्मीमा ४४, सिन्धुलीमा ३६, दैलेख र डडेल्धुरामा ३५र३५ जना, डोटीमा २९, तनहुँ र नवलपरासी पश्चिममा २८-२८ जना, बारामा २७, सल्यानमा २३, पाँचथर र सर्लाहीमा २१र२१ जना र कपिलवस्तुमा २० जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै तेह्रथुम र सिरहामा १९-१९ जना, खोटाङमा १७, अर्घाखाँची र रूकुम पश्चिममा १६-१६ जना, धादिङमा १५,कालिकोटमा १३, ओखलढुंगा, अछाम र दार्चुलामा १२-१२ जना, ताप्लेजुङमा ९, नवलपरासी पूर्वमा ८ तथा उदयपुर, बागलुङ र जुम्लामा ७र७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै दोलखामा ४, सोलुखुम्बु र प्युठानमा ३-३ जना, भोजपुर, मनाङ, रोल्पा, बाजुरा र बैतडीमा २-२ जना तथा मुस्ताङ, मुगु र बझाङमा १-१ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
यस्तै ९ वर्ष मुनिका २१९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने १० देखि १९ वर्ष उमेर समूहका ६४६ जनामा कोरोना संक्रमण देखिएको छ ।