१७ भदौ , काठमाडौ । विश्वकै सर्वाधिक लाेकप्रिय मेसेजिङ एप हाे, ह्वाट्सएप । समय समयमा प्रयोगकर्ताका लागि उपयुक्त हुने फिचर थप गर्दै लगिरहेको ह्वाट्सएपका व्यक्तिगत तथा व्यवसायिक प्रयोजनका लागि विश्वभरका दुई अर्ब बढी प्रयोगकर्ता रहेका छन् ।
यो एपले जति सजिलोगरी हाम्रो दैनिकी बनाएको छ, सँगसँगै त्यति नै जोखिम पनि निम्त्याएको छ । आज हामी तपाईँलाई सुरक्षित तरिकाले ह्वाट्सए चलाउने तथा ह्याकरबाट जोगिने केही महत्त्वपूर्ण उपायहरू बताउँदै छौँ ।
१) टु-स्टेप भेरिफिकेसन अन गर्नुहोस्
इन्टरनेटमा सुरक्षित रहन तपाईँले आफ्ना सबैजसो सामाजिक सञ्जाल अकाउन्टमा टु-स्टेप भेरिफिकेसन अन गर्नुपर्ने हुन्छ । टु-स्टेप भेरिफिकेसन अन गरेको खण्डमा तपाईँको आईडी र पासवर्ड पाउँदा पनि अर्को व्यक्तिले आफ्नो डिभाइसमा तपाईँको अकाउन्ट लगइन गर्न सक्दैन ।
लगइन गर्नका लागि विशेष कोडको आवश्यकता पर्छ, जुन तपाईंको फोनमा एसएमएस मार्फत आउँछ । ह्वाट्सएप अकाउन्ट अरूको पहुँचमा हुँदा सो व्यक्तिले गोप्य मेसेजहरू पढ्ने वा नजिक हुने मानिसहरूसँग पैसा सापटी माग्ने जस्ता काम गरिदिन सक्छ ।
त्यसैले टु-स्टेप भेरिफिकेसन अन गर्नुपर्ने हुन्छ । ह्वाट्सएपमा टु-स्टेप भेरिफिकेसन अन गर्नका लागि निम्न प्रक्रिया अपनाउनुहोस् ।
- सबैभन्दा पहिला ह्वाट्सएप खोल्नुहोस् । त्यसपछि माथि दायाँपट्टि भएको तीनओटा डटमा ट्याप गर्नुहोस् ।
- अब अन्तिममा रहेको सेटिङको अप्सनमा जानुहोस् । सबैभन्दा पहिले भएको अकाउन्टको अप्सनमा जानुहोस् ।
- अनि टु-स्टेप भेरिफिकेसन (Two-step verification) मा ट्याप गर्नुहोस् ।
- यति गरिसकेपछि अन्तिममा रहेको इनेबल अप्सनमा ट्याप गर्नुहोस् । त्यसपछि त्यहाँ त्यस्ता ६ अङ्क राख्नुहोस्, जुन तपाईंलाई बाहेक अन्य कसैलाई थाहा नहोस् ।
- तल रहेको नेक्स्टमा ट्याप गरेर पुनः त्यही नम्बर राख्नुहोस् ।
- आफ्नो अर्को पेजमा तपाईँको ईमेल मागिएको हुन्छ । त्यहाँ आफ्नो ईमेल राख्नुहोस् ।
- अब ईमेल एड्रेस राखेर पुनः ईमेल कन्फर्म गर्नुहोस् ।
- त्यसपछि सेभ अप्सनमा जानुहोस् र लगत्तै तल आउने डन (Done) को अप्सनमा ट्याप गर्नुहोस् । यसरी तपाईँले आफ्नो ह्वाट्सएप अकाउन्टका लागि टु-स्टेप भेरिफिकेसन अन गर्न सक्नुहुन्छ ।






