२४ साउन , काठमाडौं । ह्वाट्सएपमा पठाएको मेसेज अब ४८ घण्टा अर्थात् दुई दिनभित्र अनसेन्ड गर्न सकिने भएको छ । मंगलबार एक ट्वीट गर्दै कम्पनीले यो फिचर लागू भएको घोषणा गरेको हो । पछिल्लो समय कुनै पनि मेसेज पठाइसकेको एक घण्टाभित्र सबैका लागि हटाउन सकिन्थ्यो भने अब दुई दिनसम्म हटाउन सकिने भएको छ । ह्वाट्सएपमा प्रयोगकर्ताले आफूले पठाएको मेसेज सबैका लागि हटाउन चाहेमा मेसेज पठाएको दुई दिनको समयभित्र हटाउन सक्नेछन् । याे फिचर प्रयोग गर्न कुनै पनि ग्रुप वा व्यक्तिको च्याट खोल्नुहोस् । त्यसपछि पठाएको च्याटलाई छान्नुहोस् । त्यसपछि माथि दायाँपट्टि डिलिटको आइकन देख्न सक्नुहुन्छ । त्यसपछि डिलिट फर एभ्रिवानमा ट्याप गर्नुभयो भने सो मेसेज डिलिट हुन्छ । तर, याद गर्नुहोस् यो फिचर प्रयोग गर्नका लागि तपाईं र पठाएको व्यक्तिले ह्वाट्सएपको पछिल्लो संस्करण अपडेट गरेको हुनुपर्छ । अपडेट नभएको खण्डमा भने डिलिट फर एभ्रिवानको अप्सन देखिँदैन ।
ह्वाट्सएपमा पठाएको मेसेज अब ४८ घण्टाभित्र फिर्ता ल्याउन सकिने
प्रकाशित मिती : २०७९ श्रावण २४ गते , मंगलबार
० प्रतिक्रिया
छुटाउनुभयो कि? सबै
तपाईंको ह्वाट्सएप अकाउन्ट प्रतिबन्धित भयो ? खुलाउन यसरी दिनुस् निवेदन
२०८१ असार २७ गते , बुधबार
फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम ६ घण्टासम्म अवरुद्ध भयो करोडौ क्षती
२०७८ अषोज १९ गते , मंगलबार
ह्वाट्सएपमा ह्याकरबाट जोगिन यसो गर्नुहोस्
२०७९ भाद्र १७ गते , शुक्रबार
‘ह्वाट्सएप’ : फेसबुकबाट ‘रिजेक्ट’ भएपछि जान र ब्रायनले गरे अविस्कार, पछि फेसबुकले नै गर्यो अक्वायर
२०८० माघ १८ गते , बिहिबार


