१९ असोज , काठमाडौ । फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामको सेवा सोमबार राती बन्दै रह्यो ।

यसका सेवा लगभग ६ घण्टासम्म अवरुद्ध भएको थियो । कम्पनीले यो समस्याका लागि प्रयोगकर्तासँग माफी मागेको छ । सेवा अवरुद्ध भएका कारण कम्पनीलाई असाध्यै ठूलो घाटा भएको छ । कम्पनीबाहके फेसबुकका मुख्य कार्यकारी अधिकारी मार्क जुकरबर्गको सम्पत्तिमा पनि कमी भएको छ ।

फेसबुक संसारको सबैभन्दा दोस्रो ठूलो डिजिटल एडभरटाइजिङ कम्पनी हो । स्ट्यान्डर्ड मिडिया इन्डेक्सका अनुसार सेवा अवरुद्ध हुँदा कम्पनीलाई अमेरिकामा ५,४५,००० डलर प्रति घण्टा विज्ञापन राजस्वको हानी भयो ।

फर्चुन र स्नुप्सका अनुसार यो अवरोधका कारण कम्पनीलाई करोडौं डलरको हानी भएको छ । रिपोर्टका अनुसार फेसबुकले लगभग ३१९ मिलियन डलर दैनिक कमाउँछ ।

अर्थात् हरेक घण्टा यसले लगभग १३।३ मिलियन डलर विज्ञापनमार्फत् कमाउँछ । यसको कमाई हरेक मिनेट लगभग २,२०,००० डलर र हरेक सेकेन्ड ३,७०० डलर हो । अर्थात् फेसबुकले हरेक मिनेट २,२०,००० डलर (२ करोड ६१ लाख रुपैयाँ) को क्षती व्यवहोर्नुपर्यो । रिपोर्टका अनुसार लगभग ६ घण्टासम्म अवरोध आयो ।








