Comments Add Comment

Advertisment

SKIP THIS

सुनसरीमा एसपी ढकालको कार्यकाल : यी हुन् सफलताका कार्यहरु

२० भाद्र ,काठमाडौ । १५ भदौ २०८० मा प्रहरी प्रधान कार्यालयले ४८ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा गर्यो । सोही सरुवामा जिल्ला प्रहरी कार्यालय, सुनसरी प्रमुख प्रभु ढकालको समेत सरुवा भयो । ढकालले गत १५ साउन २०७९ देखि सुनसरी जिल्लाको कमाण्ड सम्हालेका थिए ।

आफ्नो एक वर्षे कार्यकाल सफलतापूर्वक निर्वाह गरेर सुनसरीमा विदा हुन लागेका एसपी ढकालका सामू त्यतिबेला धेरै कार्यभार तथा चुनौती थिए । आपराधिक घटना न्यूनीकरण, लागूपदार्थको दुव्र्यसन तथा ओसारपोसार नियन्त्रण, सडक दुर्घटना र फरार अभियुक्तलाई पक्रनु चुनौती थियो ।

उसो त सुनसरी कोशी प्रदेशका जिल्लाहरुमध्ये अति संवेदनशीलमा पर्छ । यति मात्र नभएर सुस्त रहेको प्रहरी कमाण्डलाई परिचलान गर्दै चुस्त र जबरजस्त बनाउनु पनि एसपी ढकालको काँधमा जिम्मेवारी थियो ।

सुनसरी प्रहरी प्रमुख भई १३ महिना सुनसरीमा बिताएका एसपी ढकाल समग्रमा आफ्नो कार्यकाल सफल भएको दाबी गर्छन् । सुनसरी प्रहरी प्रमुख रहँदा आफूले गरेको महत्वपूर्ण कामका रुपमा संगठनभित्रको सुधार रहेको एसपी ढकालले बताए । सुनसरी आउँदादेखि नै फरार अभियुक्तप्रति आक्रामक रुपमा प्रस्तुत भएका एसपी ढकालले आफ्नो कार्यकालमा ५५७ अभियुक्तलाई पक्राउ गरी एक सय ६८ वर्ष ५ महिना १८ दिन जेल सजाय र ४१ लाख ७ हजार ८६५ रुपैयाँ जरिवाना भुक्तानी गराउन सफल भएका छन् ।

त्यस्तै एसपी ढकालको कार्यकालमा जम्मा ४ करोड ५७ लाख ८४ हजार ८४८ रुपैयाँ राजस्व संकलन भएको जिप्रका सुनसरीले जनाएको छ ।

त्यतिमात्र नभएर आफ्नो कार्यकालमा जिल्ला प्रहरी कार्यालयभित्रै पनि थुप्रै कामहरु भएको एसपी ढकालले बताए । एसपी ढकालले भने, ‘आपराधिक गतिविधि नियन्त्रण गर्नु त हाम्रो काम नै हो । तर, सँगसँगै सीमित स्रोतसाधनमा चल्ने प्रहरी कर्मचारीहरुको लागि पनि केही राम्रो काम भएको छ ।’

के के भए त राम्रा काम ?

१. जिप्रका परिसरभित्र २४० जना राख्न मिल्ने क्षमता भएको १ ब्याडमिन्टन कोर्डसहितको सभाहल निर्माण भइरहेको ।

२. जिप्रका अन्तर्गतका २४ जना प्रहरी कर्मचारीहरुलाई प्राथमिक उपचार सम्बन्धि तालिम दिएको साथै ३ वटा  First Aid Kitbox  को व्यवस्था गरिएको ।

३. जिप्रका परिसरभित्र प्रहरी कर्मचारीहरुको लागि शुद्ध खानेपानीको लागि ध्बतभच एबिलत को व्यवस्था गरिएको ।

४. कार्यालय परिसरमा फोहोर पानी व्यवस्थापनको लागि Drain निर्माण गरिएको ।

५. गाडी सरसफाई गर्ने स्थान निर्माण साथै प्रहरी कर्मचारीहरुको लागि मोटरसाइकल र गाडी पार्किङस्थल ढलान गरि प्रयोगमा ल्याइएको ।

६. जिल्ला प्रहरी परिसरमा ३ वटा ९१५ केजी, १२ केजी, ९ केजी० को Washing Mechine सहितको प्रहरी कर्मचारीहरुको लागि Londry House  को निर्माण गरिएको ।

७. जिल्ला प्रहरी परिसरभित्र बालमैत्री कक्षको निर्माण तथा व्यवस्थापन गरिएको ।

८. अपराध अनुसन्धानलाई वैज्ञानिक तबरबाट अनुसन्धान गरी थप प्रभावकारी बनाउन अन्तरवार्ता कक्षको निर्माण गरिएको ।

९. यस कार्यालय तथा मातहत समेतबाट लागूऔषध विरुद्धको अभियान सञ्चालन गरी ४८४ जनालाई निगरानीमा राखिएको ।

१०. यस कार्यालयबाट आत्महत्या विरुद्धको कार्यक्रम सञ्चालन गरिएको ।

११. इनरुवा नगरपालिकासँग समन्वय गरी लैगिंक हिंसा विरुद्धको सबै वडाहरुमा कार्यक्रम गरिएको ।

१२. जाडो मौसमको समयमा थुनुवाहरुको जीवनशैलीलाई ध्यानमा दिई ५० वटा ब्ल्यांकेट वितरण गरिएको ।

१३. जघन्य अपराधको पीडितलाई पीडित मैत्री कार्यक्रम अन्तर्गत ५ वटा ब्ल्यांकेट वितरण गरिएको ।

१४. आगलागी नियन्त्रण गर्नँ Fire Fighting Bank Pack  थान १ व्यवस्था गरिएको ।

१५. प्रहरी कर्मचारीहरुको लागि मेसमा ७० जनालाई खाना पाक्ने Rice Steamar १ थान र सोही संख्यालाई पुग्ने खाना तातो राख्ने Bain Marie मेसिन १ थानको व्यवस्था गरिएको ।

१५. . R.P. . तथा नागरिक सहयोगी प्रहरी व्यवस्थापन गरी कार्यान्वयनमा ल्याइएको ।

१६. अपराध अनुसन्धान, हिरासत र कार्यालय समेतमा ३ वटा पुस्तकालयको व्यवस्थापन गरिएको ।

१७. जिल्ला र मातहतका मुद्दा चल्ने इकाइहरुमा रहेका थुनुवाहरुलाई जाडोको समयमा १०(१० थान कम्बल वितरण गरिएको । विभिन्न अपराधमा पीडित भएका आफन्तहरुलाई पीडित पुनः भेटघाट र राहत वितरण समेत गर्ने गरिएको ।

१८. प्रहरी कार्यालयमा आउने सेवाग्राहीहरुबाट प्रहरी सेवा सम्बन्धमा पृष्ठ पोषण लिनको लागि Public Audit Form  बनाई सेवाग्राहीहरुबाट राय सुझाव लिने कार्य सुरु गरिएको तथा जिप्रका र माहत प्रहरी ईकाईहरुको मुख्य प्रवेशद्धारमा भद्र पोशाकमा नागरिक सहयोगी प्रहरीको व्यवस्था गरी प्रहरी सेवालाई नागरिकमैत्री बनाइएको ।

१९. मातहतका प्रहरी इकाईहरुले प्रत्येक दिन समुदायको समस्या, अपराध, गुनासो र पिरकर्मा सम्बन्धमा बुझ्नको लागि ‘समुदायसँग १ घण्टा’ कार्यक्रम सञ्चालन गर्ने सोको विवरण प्राप्त भए पश्चात जिल्लाबाट सम्बन्धित निकायसँग समेत समन्वय गर्ने गरी आवश्यक सम्बोधनको व्यवस्था मिलाइएको ।

२०.कार्यालय प्रमुखको कार्यकक्षमा Digital Display हुनेगरी ५५ इन्चको स्मार्ट Tv राखी कार्यक्रमहरु Display गर्ने व्यवस्था मिलाइएको ।

२१. रुख लडी बाटो अवरोधलाई हटाउन Chan Saw था थान १ को व्यवस्था गरिएको ।

भौतिक र सीमित स्रोत साधनलाई प्रयोग गर्दै सुनसरी प्रहरी कमाण्डलाई सम्पन्न पार्नुपर्ने दायित्वका बीच कार्यकाल सकिएर हिँड्नै लाग्दा ढकालले भने जिल्लावासीबाट सद्भाव बटुलेका छन् । प्रहरी कमाण्डमा राम्रो छवि र अनुसन्धानमा दक्षता हासिल गरेका ढकालको अनुभवले सुनसरीलाई राम्रै फाइदा भएको विश्लेषण गरिएको छ ।

त्यस्तै एसपी ढकालको कार्यकालमा ठूला ठूला घटनाहरुको समेत सफल अनुसन्धान भएको छ । ढकालको १३ महिनाको कार्यकालमा विभिन्न मुद्दामा एक हजार ७०५ जनालाई पक्राउ गरेर मुद्दा समेत चलाइएको सुनसरी प्रहरीको तथ्यांकमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

डलरको लोभ देखाएर ठगी गर्ने प्रहरी फन्दामा

Advertisment