Comments Add Comment

Advertisment

SKIP THIS

शान्ति सुरक्षा कायम राख्न प्रहरी र नागरिकबीच सहकार्य आवश्यक छ : आईजीपी बसन्त कुँवर

चितवन। प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरले समाजमा शान्ति, सुरक्षा कायम राख्न प्रहरी र नागरिकबीच सहकार्य अपरिहार्य रहेको बताएका छन् ।

चितवनको भरतपुरमा बालबालिकाका लागि प्रहरी–नागरिक अभियान नेपाल पीटुसीटुले आईजीपी कुँवरको सम्मानमा आयोजना गरेको कार्यक्रमा बोल्दै उनले यस्तो बताएका हुन् ।

आईजीपी कुँवर चितवन प्रहरी प्रमुख रहेका बेला उनले बालबालिकाहरुका लागि प्रहरी–नागरिक अभियान नेपाल पीटुसीटुको स्थापना गरेका थिए । पीटुसीटुको स्थलगत निरीक्षण गर्न चितवन पुगेका आईजीपी कुँवरले प्रहरी र नागरिकबीचको सहकार्यलाई देशव्यापीरुपमा कार्यान्वयनमा ल्याइनुपर्ने बताए ।

प्रहरी र नागरिकबीचको सहकार्यबिना समाजमा शान्ति सुरक्षा कायम रहन नसक्ने बताउँदै आईजीपी कुँवरले समाजमा शान्ति सुरक्षा कायम गर्न प्रहरीजस्तै नागरिकको पनि कर्तव्य भएको बताए ।

कार्यक्रममा पीटुसीटुका अध्यक्ष बेलबहादुर गुरुङ, उपाध्यक्ष मीना खरेल, सचिव विनोद शर्मा, कोषाध्यक्ष निर्देश सेढाईँसहित सामाजिक अभियन्ताहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा चितवन क्षेत्र (३) १ का प्रदेश सांसद ज्ञानुजङ्ग लामा, डीआइजी दुर्गा सिंह, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्की, युवा उद्यमी मञ्च चितवनका अध्यक्ष विकल दाहाल, स्थानीय समाजसेवी विष्णु खराल, छायाँ श्रेष्ठ, मञ्जु खाँण, युवा उद्यमी अर्जुन रानाभाट र भरतपुर महानगरपालिका-४ का वडाध्यक्ष युद्धप्रसाद श्रेष्ठलगायतले सम्बोधन गरेका थिए ।

गत चैत्र १० गते कुँवर नेपाल प्रहरी प्रमुखको रुपमा पदोन्नति भएपछि पीटुसीटुले आईजीपी कुँवरका लागि शुभकामना तथा बधाई ज्ञापन कार्यक्रमआयोजना गरेको थियो ।

आईजीपी कुँवरले सडक बालबालिकाको उत्थानलाई देशव्यापीरुपमा कार्यान्वयन गर्न सके चोरीडकैतीजस्ता अपराधमा पनि कमी आउने र कर्तव्यपथबाट विमूख बालक कर्तव्यनिष्ठ नागरिक बन्न सक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै