Comments Add Comment

Advertisment

SKIP THIS

नेप्से सूचक ३२ अंकले बढ्यो, २ अर्बको कारोबार

११ मंसिर , काठमाडौँ । साताको कारोबार को पहिलो दिन आइतबार नेप्सेमा ३२ अंकमाथिको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से सूचक ३२.४३ अंकले बढ्दै १९६५.९८ अंकमा उक्लिएको हो । आइतबार नै राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिकको समीक्षा गर्ने तयारी गरेसँगै सेयर बजारमा उत्साह देखिएको हो ।

बजारमा आज २ अर्बमाथिको कारोबार भएको छ । नेप्सेका अनुसार यस दिन २ अर्ब २ करोड ५४ लाख ९० हजार रुपैयाँ बराबरको ४२ लाख २३ हजार ८६७ कित्ता सेयर कारोबार भएको हो । २ अर्ब माथिको कारोबार लामो समयको अन्तरालमा भएको हो ।

आज सेयर बजारमा म्युचुअल फन्ड बाहेकका १२ वटा समूहको उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी माइक्रोफाइनान्स समूहको उपसूचक आज ३.०७ प्रतिशतले बढेको छ भने म्यानु एण्ड प्रो समूहको उपसूचक २.२१ प्रतिशतले बढेको छ । म्युचुअल फन्डको उपसूचक भने आज ०.९८ प्रतिशतले घट्न पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै