काठमाडौँ । क्रिकेटर दीपेन्द्रसिंह ऐरी सहायक हवल्दारमा बढुवा भएका छन् । खेलाडीका रुपमा पुलिस एकेडेमीमा दरबन्दी रहेका ऐरीलाई सहायक हवल्दारमा बढुवा गरिएको हो ।
प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले क्रिकेटर दीपेन्द्रसिंह ऐरीलाई एक तह बढुवा दिने निर्णय गरेका छन् । चीनको हाङ्झाउमा भएको १९ औं एशियाली खेलकुदअन्तर्गत टी-२० क्रिकेटमा विश्व र्कीतिमान बनाएका क्रिकेटर ऐरी नेपाल पुलिस क्लब क्रिकेट टिमका कप्तान छन् । उनी प्रहरी जवान हुन् ।

१९औं एसियाली खेलकुद अन्तर्गत मंगोलियाविरुद्धको खेलमा विश्व कीर्तिमान कायम गरेका ऐरीलाई प्रहरीले एक तह बढुवा गर्दै सहायक हवल्दार बनाएको हो।
ऐरी नेपाल पुलिस क्लबका कप्तान समेत हुन्। चीनको हाङ्जाओमा भएको एसियाली खेलकुदमा मंगोलियाविरुद्धको खेलमा ९ बलमै अर्धशतक पूरा गरी उनले विश्व कीर्तिमान बनाएका थिए।
२३ वर्षीय दायाँ हाते ब्याट्सम्यान दीपेन्द्रले सन् २०१७ को मार्च ११ मा केन्याविरुद्धको खेलबाट नेपाली राष्ट्रिय टोलीमा स्थान बनाएका थिए।






