Comments Add Comment

Advertisment

SKIP THIS

फेसबुकमा स्टाटस लेखेर बेपत्ता वडाअध्यक्ष घिमिरे रुखमा झुण्डिएको अवस्थामा भेटिए

काठमाडौं- गुल्मीको मुसिकोट नगरपालिका- १ का वडाअध्यक्ष मोहन घिमिरे मृत फेला परेका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर बेपत्ता घिमिरेको शव शनिबार बिहान घरबाट केही दूरीमा रहेको जंगलमा फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार घिमिरे रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन्।

घिमिरे शनिबार बिहान ५ बजेतिर फेसबुकमा भावुक स्टाटस लेखेका थिए। उनले फेसबुकमा लेखेका छन्, ‘परिस्थितिको चपेटामा परे पछि बाच्नुको अर्थ हुँदो रहेनछ। प्रिय अनिता, साथ निभाउन सकिनँ। मलाई माफ गरे। घर परिवार, साथी-भाइ, सुभचिन्तक सबै सँग माफी चाहान्छु। अलबिदा।’

घटनास्थलमा प्रहरी पुगेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

उनी गएकाे स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट मुसिकाेट-१ काे वडाअध्यक्ष निर्वाचित भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै