Comments Add Comment

Advertisment

SKIP THIS

डिआईजी दिनेश आचार्यद्वारा गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण

काठमाडौँ : प्रहरी प्रधान कार्यालय, मानवश्रोत एवम् प्रशासन विभाग, कर्मचारी प्रशासन शाखाको पत्रले गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा सरुवा भई आउनु भएका प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यले गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गर्नुभएको छ ।

गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गर्नुभएका प्रहरी नायव महानिरीक्षक आचार्यलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरु र पोखरा उपत्यका स्थित मातहत कार्यालय प्रमुखहरुले पुष्प गुच्छा सहित स्वागत गर्नुभएको थियो ।

स्वागत तथा पदभार ग्रहण पश्चात प्रहरी नायव महानिरीक्षक आचार्यले गण्डकी प्रदेश प्रहरी कार्यालय परिसरमा बृक्षारोपण समेत गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै