Comments Add Comment

Advertisment

SKIP THIS

रौतहटबाट अवैध सालको गोलिया काठसहित सफारी गाडी बरामद

५ साउन , काठमाडौ । रौतहटको गुजारा नगर क्षेत्रबाट अवैध सालको गोलिया काठसहित भारतीय नम्बरको सफारी गाडी बरामद गरिएको छ।

सशस्त्र प्रहरीको अस्थायी बेस हरिनगरका र सब डिभिजन वन कार्यालय जंगलसहियाबाट गएको संयुक्त टोलीले गुजरा ४ लालबकैया नदी किनारबाट उक्त काठ सहितको सफारी गाडी नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिएको एचपी ३१ सी ०७३३ नम्बरको सफारी गाडीमा जङ्गलबाट अवैध चोरीलुकी ल्याइएको ५ थान सालको गोलिया २० क्युबिफिट काठ बरामद भएको सशस्त्र प्रहरी रौतहटले जनाएको छ।

गस्ती टोलीलाई देखेर गाडी चालक फरार भएका छन् ।

बरामद काठ र गाडी सहितको कुल १५ लाख ६० हजार मूल्याङ्कन गरी आवश्यक कारबाहीको लागि सब डिभिजन बन कार्यालय जंगलसहियामा बुझाइएको सशस्त्र प्रहरी द्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै