Comments Add Comment

Advertisment

SKIP THIS

सौर्य एयरको जहाज दुर्घटनाका मृतकको पोस्टमार्टम सुरु

९ साउन , काठमाडौ । सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा मृत्यु भएकाहरूको पोस्टमार्टम सुरु भएको छ ।

त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभाग प्रमुख डा.गोपाल चौधरीले पोस्टमार्टमका लागि तीन टोली खटिएका हुन् । पोस्टमार्टमको लागि पाटन अस्पताल, भक्तपुर लगायत सबै ठाउँबाट फरेन्सिक विज्ञ बोलाइएको छ ।

सबै शवको पोस्टमार्टम गरेर रिपोर्ट तयार गरेर आफन्तलाई शव जिम्मा लगाउन तीन दिन समय लाग्न सक्ने उनले बताए ।

चौधरीका अनुसार फिंगर प्रिन्ट, दाँतबाट मात्र पत्ता लगाउन सकियो भने रिपोर्ट आउन तीन दिन लाग्छ।

यदि डिएनए म्याच गर्न परेमा रिपोर्ट आउन एक हप्ता लाग्नसक्ने चौधरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment