३१ साउन , काठमाडौ । भक्तपुरको गोठाटारमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
कोटेश्वरबाट भक्तपुरतर्फ जाँदै गरेको ना।६ ख २१७३ नम्बरको ट्रकले स्कुटरलाई ठक्कर दिएको हो । दुर्घटनापछि सडकमा मानिसहरू भेला भएका छन् भने भिडले सडक अवरूद्ध गरेको छ।
उनीहरूले ट्रकको सिसा तोडफोड गरेका छन्।अहिले गोठाटारको अवस्था तनावग्रस्त छ ।



