Comments Add Comment

Advertisment

SKIP THIS

थामे बाढी पीडितलाई काठमाडौं महानगरले २० लाख रुपैयाँ सहयोग गर्ने

भाद्र ७ , काठमाडौ । काठमाडौं महानगरपालिकाले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका बाढी प्रभावितलाई २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

थामे बाढी प्रभावितलाई राहत र पुनर्स्थापना गर्न गाउँपालिकाको कोषमा राहत रकम उपलब्ध गराउने निर्णय भएको महानगरले जनाएको छ ।महानगर अन्तर्गत विपद् व्यवस्थापन समितिका संयोजक समेत रहेका मेयर बालेन साहको अध्यक्षतामा शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

काठमाडौं महानगरले यसअघि जाजरकोट भूकम्प र मधेशमा भएको आगलागी पीडितलाई पनि राहत दिएको थियो ।

३२ साउनमा खुम्बुको थामेमा हिमपहिरो विस्फोट हुँदा गेग्रान र ढुंगा सहित आएको बाढीले एउटा विद्यालय, एउटा स्वास्थ्य चौकी, २ वटा होटल, १३ वटा घर पूर्ण र १० वटा घर आंशिक रूपमा क्षति भएको थियो । ९५० किलोवाट क्षमताको जलविद्युत् परियोजनामा समेत क्षति पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment