काठमाडौं : जिल्ला प्रहरी कार्यालय बारामा प्रहरी उपरीक्षक (एसपी) महेन्द्र खड्काले कमान्ड सम्हालेपछि भएको आक्रमक कारवाहीले ठूलो सेटिङमा हुने गरेको तस्करी सञ्जालहरु तोडिएका छन् भने तस्करहरुको भागाभाग भएको बुद्धिजीवी नागरिकहरु बताउँछन् ।
जिल्ला प्रहरी कार्यालय बाराले पछिल्लो समय तस्करी नियन्त्रण तथा अवैध कारोबारी बाटै सीमा क्षेत्रमा आपराधिक कार्य हुने गरेको भन्दै बारा प्रहरी तस्करी नियन्त्रणमा आक्रमक भएका हुन् ।
यसअघि प्रहरीकै सेटिङमा खुलेआम चलिरहेको अवैध चोरी पैठारीका सामानहरु समेत धमाधम समातिरहेको बताए । एसपी खड्काले तस्करीका सामान मात्रै बरामद गर्ने तर, स्थानीय तस्करहरुलाई भने नियन्त्रणमा नलिने गरेको जन गुनासो आउन थालेपछि मानिस सहित तस्करीका सामान बरामद गर्ने कार्यलाइ थप तीब्रता दिइएको बताए ।
प्रहरीकै सेटिङमा तस्करी हुने गरेको भन्ने कुराको आरोप निराधार रहेको बताउदै आएका एसपी खड्काले प्रहरीको मिलेमतो नभएको देखाउनैको लागी मानिस समेतलाई नियन्त्रणमा लिइएको बताए । नियन्त्रणमा लिइएका उनीहरूलाई मुद्दा चलाउने तयारी प्रहरीले गरिरहेको छ । यसअघि तस्करी गरी ल्याइएको सामग्री मात्र नियन्त्रण गरी भन्सार चलान गर्ने गरिएकोमा पछिल्लो समय सामान लोड गरी ल्याइएका सवारी साधन समेत भन्सार चलान गर्ने गरिएको छ ।
सामान नियन्त्रण गरेर मात्र पेशेवर तस्करलाई निरुत्साहित गर्न नसकिने भएकोले सामान सहित ढुवानीको लागि प्रयोग गरिएको साधन र ढुवानीमा संलग्न व्यक्तिलाई पनि कारबाही गर्न थालिएको बताए। ‘सामान मात्रै नियन्त्रणमा लिई भन्सार पठाउने तर सामान ल्याएको साधन छोडिदिँदा फेरि तस्करीमै संलग्न हुने गरेको पाइयो, साधन समेत नियन्त्रणमा लिएर भन्सार चलान गर्न थालेपछि त्यही व्यक्ति फेरि तस्करीमा नलाग्न सक्छ,’ उनले भने।
तस्करीलाई रोक्ने हो भने सामान मात्र होइन, साधन पनि समात्नुपर्छ भन्ने लागेर साधन पनि समात्न थालिएको उनले बताए। ‘भन्सार कार्यालयले त थोत्रो बाइक लिलाम पनि हुँदैन नसमाते पनि हुन्छ भन्छ, तर हाम्रो उद्देश्य लिलाम गराएर राजश्व बढाउने मात्र नभई तस्करी नै रोक्नु हो,’ एसपी खड्का भन्छन् ।
प्रहरीकै मिलेमतोमा तस्करी हुन्छन् भन्ने मानिसको दिग भ्रमितलाइ चिर्न नै हामीले अहिले भने मानिस समेतलाई नियन्त्रणमा लिइ मुद्दा नै चलाउन थालेका छौँ । उनलेे भने, यो अभियानले थप तीब्रता पाउन्छ । एसपी खड्काले जिल्लाका विभिन्न सीमा नाकाहरुमार्फत् भन्सार छली गरेर ल्याईएका सामानहरु समेत बरामद गरिएको र त्यस्मा असन्तुष्टि केही मानिसहरूले प्रहरीलाई बदनाम गराउने उद्देश्यले प्रायोजित प्रचार मात्रै गरिएको दाबी गरे ।
प्रहरी संगठनलाई बदनाम गराउन केही तत्व लाग्दै आएका छन्, तस्करी ध्वस्त पारेपछि उनीहरू अहिले भौतारिरहेका छन् । त्यसैले पनि अनग्रल प्रचार गरेका होलान् । प्रहरी उपरीक्षक खड्काले प्रहरी र तस्करहरूको बीचमा सम्बन्ध हुन्छ भन्ने आरोपलाई पनि चिर्न चाहेको बताउँछन् । उनले तस्करहरूलाई प्रहरीसँगको भेटघाट र कार्यालय त प्रवेशमा निषेध नै गरेको दाबी समेत गरे ।
यसअघि यहाँ के भएको थियो ? मलाई थाहा छैनन् तर, मेरो कार्यकालमा तस्करलाई जिल्ला प्रहरी कार्यालय बारामा “नो इन्ट्री” । म यहाँ आए देखी नै मैले आफू र आफ्नो मातहत सबै प्रहरी कार्यालयका प्रहरी कर्मचारीलाई तस्करीमा संलग्नहरूलाई नभेट्न निर्देशन दिएको छु,’ उनले भने ।