२४ भाद्र , काठमाडौ । आन्दोलनरत सहकारी पीडितहरूले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् ।
सहकारीमा रहेका बचतकर्ताको बचत फिर्ता र आन्दोलनरत सहकारी पीडितहरूको माग सम्बोधनका सम्बन्धमा कार्यदल बनाउने सहमतिसँगै सहकारी पीडितको आन्दोलन फिर्ता लिएका हुन्।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सहकारी पीडित बचतकर्ताको तर्फबाट आन्दोलन गर्दै आएको बचतकर्ता संरक्षण राष्ट्रिय अभियानबिच सहमति भएको हो ।
सहमति भएसँगै १०८ दिनदेखि रत्नपार्कमा जारी रिले अनसन तथा धर्ना स्थगित भएको छ । सहमतिपछि सहकारी विभागका उप–रजिस्ट्रारको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन भएको छ ।
मन्त्रालयका अनुसार कार्यदलमा मन्त्रालय, राष्ट्रिय सहकारी महासंघ, सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान, सहकारी विभागका प्रतिनिधि रहनेछन् ।