Comments Add Comment

Advertisment

SKIP THIS

दशैं सुरु नहुँदै कोहलपुरमा करोड सम्मको जुवा

५ असोज , काठमाडौ । कोहलपुरमा दशैं सुरु नहुँदै जुवाका खाल बढेका छन् । दैनिक एक करोडसम्म हारजित हुने जुवाखाल सञ्चालन भइरहेको र यसमा प्रहरीकै मिलेमतो रहेको स्थानीयको दाबी छ ।

जुवा खेलाउनेमध्ये एक सन्तोष बुढाथोकी (गोरे) हुन् । उनले आफ्नै घरमा जुवा खेलाउने गरेको आरोप छ । त्यस्तै, उमेशजंग ठकुरी, शिशिर गिरी, चिन्तन शाह, राजु शाही, कृष्णराज बंशी लगायतले ठूला जुवा चलाउँदै आएका छन् । उनीहरुले होटल तथा भाडामा घरमा जुवा खेलाउने गरेका छन् ।

जुवामा इप्रका कोहलपुरका घुमुवाहरु इन्द्रबहादुर शाही, मानबहादुर हमाल लगायतसँग सेटिङ रहेको स्रोत बताउँछ । उनीहरुले बाँकेका एसपी तुलबहादुर कार्कीसँग समेत निकटस्थ सम्बन्ध बनाएका छन् ।

प्रहरीमा सेटिङ मिलाएर जुवा चलाइएको भन्दै उनीहरुले बुटवलदेखिका जुवाडे बोलाएर खेलाउने गरेका छन् ।

यसैबीच जुवा खेलाउने गरेको आरोप लागेका सन्तोष बुढाथोकीले समाचारप्रति आपत्ती जनाएका छन् । समाजमा रहेका विकृती र विसंगतीको विरुद्ध आफूले आवाज उठाइरहेको बताउँदै जुवा खेलाउने गरेको समाचार कपोकल्पित र असत्य रहेको भन्दै उनले खण्डन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment