Comments Add Comment

Advertisment

SKIP THIS

बसमा चढेका यात्रुको ५१ हजार नगद पाकेटमारी गर्ने तीन जनालाई मकवानपुर प्रहरीले पक्राउ

हेटौँडा : मकवानपुर प्रहरीले बसमा चढेका यात्रुको ५१ हजार नगद पाकेटमारी गर्ने तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका– ६ का ३२ वर्षीय लाक्पा तामाङ, उदयपुरको त्रियुगा नगरपालिका– १० का ४२ वर्षीय प्रेम दोर्जे शेर्पा र धनकुटा छथर गाउँपालिका– ३ बस्ने ३७ वर्षीय हेमराज श्रेष्ठ रहेका छन्।

मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार उनीहरूले मकवानपुरको मनहरी गाउँपालिका– ६ का ४९ वर्षीय भरत गौतमको पाकेटमारी गरेका थिए। उनीहरूले सोमबार राति ११ बजे हेटौँडाबाट ना.५ख ८१०१ नम्बरको बस चढी लोथरतर्फ जाने क्रममा गौतमको साथमा रहेको नगद ५१ हजार पाकेटमारी चोरी गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो।

चोरी भएको सूचना प्राप्त हुनासाथ गौतमले दिएको हुलियाको आधारमा तत्काल इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले खोजी गर्दा पकेटमारीमा संलग्न तीनैजनालाई मनहरी– ६ स्थित लोथर बजारमा हिँडिरहेको अवस्थामा फेला पारेको जानकारी दिए ।

प्रहरीले नियन्त्रणमा लिएर खानतलासी र सोधपुछ गर्दा चोरी भएको रकम उनीहरूको साथमा फेला परेको प्रवक्ता अर्यालले बताए। चोरीमा संलग्न तीनैजनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको उनले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै